NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पीसीआर रिपोर्ट नेगेटिभ भए पनि विदेशीलाई १० दिन अनिवार्य क्वारेन्टाइन

काठमाडौं । सरकारले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नाकामा कडाइ गरेको छ । भारतमा अनियन्त्रित भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । सरकारले नाकामा चेकजाँचलाई कडाई गर्दै होल्डिङ सेन्टर निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । सीमामा भित्रिने नेपालीलाई अब त्यही परीक्षण र त्यसपछि होल्डिङ सेन्टरमा राखिनेछ । विदेशीको हकमा भने सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आए पनि अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बताएको छ । मन्त्रिपरिषद्को बैठकले पीसीआर रिपोर्ट नेगेटिभ भए पनि जोखिम कम गर्नका लागि १० दिन उनीहरुलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय भएको स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बताए । नेपालीका हकमा भने सीमामा सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले जाँच गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष