NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अमेरिकाले अतिप्रभावित मुलुकलाई ६ करोड डोज काेराेना खाेप दिने

अमेरिकाले कोरोना भाइरस महामारीबाट अतिप्रभावित मुलुकलाई ६ करोड डोज खाेप उपलब्ध गराउने भएकाे छ। बिबिसीका अनुसार अमेरिकाले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका निर्मित खोप उपलब्ध गराउने तयारी गरेकाे हाे। विश्वभरि अस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई अझै स्वीकृति दिएको छैन। यद्यपि यसअघि नै खरिद गरिसकेकाे छ। ह्वाइट हाउसले आगामी सातामा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब एक करोड डाेज अतिप्रभावित मुलुकलाई उपलब्ध गराउन सक्ने बताएकाे छ। थप पाँच करोड डाेज उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ। पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र आपूर्ति गरिने बताइन्। ‘हाम्रो टोलीले हाम्रा योजना तथा कसले खोप पाउनेछन् भन्नेबारे थप विवरण पछि बताउनेछ। अहिले हामी योजनाकै चरणमा छौँ,’ उनले भनेकी छन्। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले एस्ट्राजेनेकाको ४० लाख डोज भ्याक्सिन क्यानडा र मेक्सिकोलाई उपलब्ध गराउने बताएका थिए। मेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपतकालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले बताएको छ। त्यस्तो सहयोगमा अक्सिजनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औषधि रहेका छन्

ताजा अपडेट

नेपालवाच विशेष