NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निर्माणधीन पुलको खाल्डोमा डुबेर मृत्यु

मकवानपुर । मकवानपुरमा निर्माणधीन पुलको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको हो । मृतक सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले बताएको छ । उनी सोमबार दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले राति अबेर उनको शव फेला पारेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष