NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतमा कोरोना संक्रमण : तीनलाख १९ हजार थपिए, साढे दुई लाख निको भए

काठमाडौं । भारतमा गत २४ घण्टाको अवधिमा तीन लाख १९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई हजार सातसय ६२ जनाको मृत्यु भएको छ । यद्यपि भारतमा पछिल्लो २४ घण्टाकै अवधिमा दुई लाख ४८ हजार भने कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणपछि यति धेरै संख्यामा रिकभर भएको यो पहिलो रकेर्ड हो । तर, सक्रिय संक्रमितको संख्यामा भने कुनै नियन्त्रण देखिँदैन । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा भारतमा ६७ हजार ६६० जना सक्रिय संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा भारतको अवस्था नयाँ संक्रमित थप : तीन लाख १९ हजार मृत्यु : दुई हजार ७६२ कोरोनामुक्त : दुई लाख ४८ हजार हालसम्म जम्मा संक्रमित : एक करोड ७६ लाख हालसम्म ठिक भएकाको संख्या : एक करोड ४५ लाख अहिलेसम्मको मृत्यु : एक लाख ९७ हजार उपचाररत संक्रमितको संख्या : २८ लाख ७५ हजार पञ्जावमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै बेलुका ६ बजदेखि बिहान ५ बजेसम्म दैनिक रात्रिकालीन कर्फ्यु लागू गरिएको छ । यस्तै कर्नाटकमा मंगलबारदेखि १४ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । यता पुडुचेरीका उप–राज्यपालले राज्यका सबै मदिरा पसल ३० अप्रिलसम्मका लागि बन्द गर्ने निर्देशन दिएका छन् । दिल्ली सरकारले १८ वर्षभन्दा माधिका मानिसहरुलाई निःशुल्क कोरोनाविरुद्धको भ्याक्सिन लगाउने घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा एक करोड ३४ लाख मानिसलाई भ्याक्सिन लगाइने जानकारी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष