NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आईसीयू बेड नपाउँदा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीमा आईसीयू बेड नपाउँदा कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल भए पनि आईसीयूसहितको बेड छैन । कोरोना संक्रमणबाट गम्भीर बनेका ३५ वर्षीय युवकले बेड नपाएकै कारण ज्यान गुमाएका छन् । रामग्राम नगरपालिका–९ का उनीलाई स्वास फेर्न गाह्रो भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि उक्त सुविधान नहुँदा उनको आज बिहान मृत्ु भएको हो । उक्त अस्पतालले बुटवल रेफर गरेको थियो । तर, बुटवलमा पनि बेड अभावका कारण नयाँ बिरामी लिन नसक्ने भनेपछि जिल्ला अस्पतालमै सामान्य अक्सिजन दिएर उपचार हुँदै आएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ड डा. मोहम्मद नुरुल होदाका अनुसार आईसीयूमा राख्नुपर्ने बिरामीलाई अन्यत्र बेड नपाउँदा जिल्ला अस्पतालमै राखिएको थियो । अन्यत्र खबर गर्दा पनि बेड नपाइएपछि उनको ज्यान गएको डा. होदाले बताए । सोमबार नै उनलाई बुटवल र भैरहवाका अस्पतालमा लैजान रेफर गरिएको थियो । तर, त्यहाँका अस्पतालले बेढ नभएको भन्दै बिरामी राख्न नसकिने बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष