भारतमा निर्वाचित नेतालाई उत्सव मनाउन निषेध
काठमाडौं । मद्रास उच्च अदालतको चेतावनीपछि भारतीय निर्वाचन आयोगले चुनावी कार्यक्रममा स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । आयोगले २ मे मा आउने पाँच राज्यको विधानसभा नतिजामाथि एक आदेश दिएको छ । मतगणना सकिएर नतिजा आएपछि कुनै पनि प्रकारको जुलुस निकाल्न नपाइने र उत्सव पनि मनाउन नपाइने आयोगले राजनीतिक दलहरुलाई आदेश दिएको छ । यति मात्रै होइन, नजिता प्रकाशित भएपछि कुनै पनि उम्मेदवारले आफ्नो साथमा दुई जना सहयोगीकाे साथमा कार्यालय पुगेमात्र जितकाे प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । आगामी २ मे मा तमिलनाडु, केरल, पुड्डुचेरी, असम र पश्चिम बंगालको विधानसभा चुनापको मतपरिणाम आउने छ । बंगालमा सात चरणमा निर्वाचन भएको छ । अन्तिम चरणको मत गणना २९ अप्रिलदेखि सुरु हुनेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया