NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराेना परीक्षण नगरी बैठक नराख्न अनुरोध

काठमाडौं । गण्डकी प्रदेशमा सत्तापक्षले नै संसद् अवरुद्ध गरेको छ । सांसदहरुको कोरोना परीक्षण नै नगरी बैठक डाकिएको भन्दै सत्तापक्षका सांसदले संसद् अवरुद्ध गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबार उक्त प्रस्ताव टेबुल भएको भएको थियो । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद् बैठक चल्न नदिने सत्तापक्षका सांसद राजीव पहारीले बताए । विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । एमालेका सांसदले फेरि मानेनन् । सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद् अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेपछि पनि एमालेका सांसदले विरोध जनाइरहे । सभामुखले १८ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष