NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडाैंमा कोरोना संक्रमितलाई एम्बुलेन्स चाहियाे ? ११८० मा फाेन गर्नुस्, नि:शुल्क पाइन्छ

काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमित र अन्य बिरामीलाई अस्पताल पु-याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु-याउने छन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।” एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै‌ चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन। आपतकालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्री नम्बर ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ । गाेरखापत्रमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष