NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने

सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण बुधबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको जनाएको छ । विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेको वेला नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीय विनारोकतोक भित्रिरहेका थिए । नेपाल घुम्न आएका विदेशीभन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि साउदीमा काम गर्ने भारतीय नेपालको बाटोबाट साउदीतर्फ गइरहेका छन् । नेपालमा आउँदा क्वारेन्टिन र स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको भन्दै विरोध भइरहेको थियो । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् । दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयले भरिने गरेका छन् । नयाँ पत्रिकामा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष