NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

देशभर गर्मी बढ्याे, माैसम पूर्वानुमान महाशाखाले भन्याे-सतर्कता अपनाउनू

देशभर गर्मी बढेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रममा बढ्दा गर्मी बढेकाे हाे। गर्मी अझै बढ्न सक्ने आँकलन गरिएकाे छ। ‘गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने सम्भाभावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ। पछिल्लाे २४ घन्टामा भैरहव, नेपालगन्ज र धनगढीकाे अधिकतम तापक्रम ४०डिग्रीसेल्सियस नाघेकाे छ। यसैगरी काठमाडाैंमा अधिकतम तापक्रम ३२ पुगेकाे छ। महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यसले बुधबार दिउँसाे पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुनसक्ने छ। बुधबार राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक बर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष