भेरी अस्पतालमा १० मेडिकल अफिसरसहित ८० स्वास्थ्यकर्मी थपिँदै, ६८ लाख बजेट निकासा
स्वास्थ्य मन्त्रालयबाट आएको विज्ञ टोलीले गरेको सिफारिस सरकारले कार्यान्वयन गरेपछि नेपालगन्जस्थित भेरी अस्पताल प्रशासनलाई केही राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन न्यौपानेसहितको टोलीलाई भेरी अस्पतालको अवस्था बुझ्न नेपालगन्ज पठाएको थियो । अस्पताल प्रशासन र चिकित्सकहरूको परामर्शपछि विज्ञ टोलीले ८० जना स्वास्थ्यकर्मी आवश्यक रहेको सिफारिस मन्त्रालयलाई गरेको थियो । सिफारिस गरेको दुई दिनमै मन्त्रालयले बजेट र जनशक्ति थप्ने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले मन्त्रालयले निर्णय पठाएपछि तीन दिनभित्रै ८० जना जनशक्ति थप्ने गरी विज्ञापन गरिसकेको बताए । मन्त्रालयले जनशक्तिका लागि असारसम्म खर्च हुने ६८ लाख बजेट पनि निकासा गरेको छ । ‘विज्ञ टोली आएपछि धेरै ठूलो राहत मिलेको छ,’ अध्यक्ष धितालले भने, ‘तीन दिनपछि उपचारमा सहज हुने विश्वास गरेका छौं ।’ मन्त्रालयका अनुसार भेरीका लागि १० जना मेडिकल अफिसर, दुई जना नर्सिङ अधिकृत, तीन जना एनेस्थेसियोलोजिस्ट, पाँच जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना जनशक्ति थपिँदैछन् । मन्त्रालयले भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको उपचारका लागि २५ हजार, आईसीयूका लागि १० हजार र अक्सिजन बेडका लागि ३ हजार ५ सय उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअघि अस्पतालले भेन्टिलेटरका बिरामीका लागि १५ हजार, आईसीयूका लागि ५ हजार उपलब्ध गराउँदै आएको थियो । कान्तिपुर दैनिकमा खबर छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया