NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गण्डकीमा सत्ता लम्ब्याउने खेल

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखिएपछि सत्तापक्षका सांसदले मंगलबार कोरोनाको बहाना बनाएर प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा सत्तापक्ष एमालेका सांसदले बैठक अवरुद्ध गरेका हुन्। बैठक सुरु भएलगत्तै एमाले सांसदले आआफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। कार्यव्यवस्था समितिको निर्णयअनुसार बैठक सञ्चालन गरिरहेका सभामुखले सत्तापक्षका सांसदले विरोध जनाएपछि भने, ‘माननीय सदस्यहरू तपाईंहरू किन उठ्नुभयो रु कारण के हो, भन्नुस् ?’ लगत्तै एमाले प्रदेशसभा सदस्य राजीव पहारीले कोरोनाको जोखिम बढेकाले बैठक स्थगित गर्नुपर्ने माग राखे। पिसिआर परीक्षण नगरी बैठक अगाडि बढ्न नदिने उनले बताए। ‘कोरोना संक्रमण ह्वात्तै बढेको छ,’ उनले भने, ‘यस्तोमा प्रदेशसभा बैठक चलाउनु थप जोखिम बढाउनु हो। त्यसैले पिसिआर परीक्षण नगरीकन बैठक सञ्चालन नगरियोस्। वर्तमान परिस्थितिमा बैठक अगाडि बढ्न सक्दैन।’ उनले सबै सांसदको पिसिआर परीक्षण नगरीकन बैठक सञ्चालन गरे आफ्नो पार्टीले अवरुद्ध गर्ने बताए। उनले भने, ‘धेरैजसो प्रदेशसभा सदस्य रक्तचाप, मधुमेहलगायत समस्या भएका दीर्घरोगी हुनुहुन्छ। पिसिआर परीक्षण नगरी संसद् चलाउनु भनेको जोखिम बढाउनु हो। नागरिक दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष