NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आजदेखि सर्वाेच्च अदालतका सेवा कटाैति

सर्वोच्च अदालतका अत्यावश्यक कामबाहेक सेवा आज बुधबारदेखि बन्द हुने भएका छन्। कोभिड-१९ को संक्रमणका कारण निषेधाज्ञा जारी हुने भएपछि अदालतले वैशाख मसान्तसम्मका लागि सेवा बन्द गरिन लागिएकाे हाे। यो अवधिमा अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाईमात्र गर्ने भएको छ । यसबाहेकका अन्य कामकारवाही र सेवा भने बन्द हुनेछन् । त्यस्तै उच्च, जिल्ला, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था मूल्यांकन गरेर उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधीकरणले मिलाउने निर्णय पनि सर्वोच्चले गरेको छ । बैठकपछि अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘काम कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख गुज्रने छैन।’ सर्वोच्च अदालतको उक्त निर्णय हाललाई आजदेखि वैशाख मसान्तसम्म लागू हुनेछ। बाँकी थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष