NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कोरोना महामारी : काठमाडौंमा शय्या पाउनै मुस्किल

कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा तत्काल करीब हजार शय्याभन्दा बढीको अक्सिजनसहित उपचार दिन सकिने अस्थायी अस्पताल आवश्यक भइसकेको छ । सिकिस्त बिरामी बढिरहेकाले केही अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तारको तयारी थालेका छन् । हाल उपत्यकाका अस्पतालमा सामान्य अक्सिजनसहितको बेड पाउन कोभिडका बिरामी लाममा बस्नुपर्ने अवस्था छ । ‘बेड निकाल्न सकिएको छैन, ३–४ जना क्यूमा छन्, कोभिड पोजिटिभ बेड नपाएर इमर्जेन्सी, ट्रान्जिट वार्डमा छन्,’ वीर अस्पतालका कोभिड फोकल पर्सन डा अच्युतराज कार्कीले भने, ‘तत्काल नयाँ बिरामी लिन सकिने स्थिति छैन ।’ वीरमा कोभिडका ९४ जना बिरामी छन् । तीमध्ये आईसीयूमा १० र भेन्टिलेटरमा ५ जना छन् । बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै १८ बेडको नयाँ वार्ड थप्ने तयारी गरेको डा। कार्कीले बताए । उनका अनुसार १८ मध्ये ४ वटा बेड डायलसिसका लागि छुट्याउने र १४ वडा अक्सिजन बेड रहनेछन् । राजधानीका अस्पतालले कोभिडका बिरामीका लागि क्षमता विस्तार गर्दा पनि १ दिनमै शय्या अपुग हुन थालेको छ । अस्पतालको क्षमता, तयारी र बिरामीको चापमा धेरै भिन्नता देखिएको छ । हाल राजधानीमा देखिएको संक्रमण, जटिल बिरामीको संख्या विस्तारको दर र अस्पतालले विस्तार गर्ने सेवासुविधाको दर नमिलेको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। जीडी ठाकुरले भने, ‘अस्पतालले १ शय्या थप्दा २० जना जटिल बिरामीको संख्या थपिइसक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष