NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दिल्ली राज्य सरकारले बैंकक र फ्रान्सबाट अक्सिजन आयात गर्ने

भारतको राजधानीसमेत रहेकाे दिल्ली राज्य सरकारले काेराेना महामारीसँग जुध्न बैंकक र फ्रान्सबाट अक्सिजन आयात गर्ने भएकाे छ। अक्सिजनको १८ ट्यांकर आयात गर्ने निर्णय भएकाे र बुधबारबाट आयात सुरु हुने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्यांकर ल्याउन एअरफोर्स विमान उपलब्ध गराइदिन केन्द्र सरकारसँग आग्रह गरे। दिल्ली सरकारले फ्रान्सबाट पनि अक्सिजन प्लान्ट आयात गर्दैछ। दिल्लीमा पछिल्लो २४ घण्टा २४ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने एकैदिन ३ हजार २ सय ८५ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष