NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मेसीकाे टिम बार्सिलोनाकाे आफ्नै मैदानमा महंगाे पराजयपछि ला लिगा रोचक मोडमा

काठमाडौं । लिग उपाधिको यात्रामा एथलेटिको म्याड्रिड र रियल म्याड्रिडलाई पछाडि छोड्ने अवसरलाई बार्सिलोनाले गुमाएको छ । गएराती भएको खेलमा बार्सिलोना ग्रानाडासँग पराजित भएसँगै अब पाँच खेल बाँकी हुँदा लिग रोचक मोडमा पुगेको छ । २-१ गोलले पराजित भएको बार्सिलोना ३३ खेलपछि ७१ अंकसहित तेस्रो स्थानमा छ । ३३ खेलबाट ७१ नै अंक भएको रियल हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ । ३३ खेलबाट ७३ अंक जोडेको एथलेटिको पहिलो स्थानमा छ । ३३ खेलबाट ७० अंक जोडेको सेभिल्ला चौथो स्थानमा छ । लिगमा अझै बार्सिलोना र एथलेटिको र रियल र सेभिल्लाले एक आपसमा खेल्न बाँकी छ । यिनै खेलले लिग विजेता हुने टिमको लगभग टुंगो लगाउने छ । अब बार्सिलोना र रियलले आफ्ना सबै पाँच पाँच खेल जिते पनि हेड टु हेडमा रियलले लिगको उपाधि जित्नेछ । यसरी अन्तिमतिर आइपुग्दा नाम नचलेका क्लबले ठूला क्लबलाई दुःख दिएका हुन् । पछिल्लाे खेलमा एथलेटिको पनि पराजित भएको थियो । रियलले बराबरी खेलेको थियो । तर, बार्सिलोनाको यसको फाइदा उठाउन सकेन । आफ्नै मैदानमा भएको खेलमा मेसीले टिमका लागि २३ औं मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि बलमाथि नियन्त्रण राखे पनि ६३ औं मिनेटमा डर्विन माचिसले काउन्टर एट्याकमा गोल गरे । ७९ औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दा ग्रानाडाले २५ खेलमा पहिलोपटक बार्सिलोनाको घरमा जित सम्भव बनायो ।

ताजा अपडेट

नेपालवाच विशेष