बन्दीपुरमा पर्यटकलाई प्रवेश निषेध
बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ। कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो। गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो। ‘कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,’ उनले भने। गाउँपालिकाले बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गरेकाे छ। बन्दीपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गरेका छन्। ‘बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने छ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीँबाटै फर्काउँ छौँ,’ उनले भने। विदेशबाट आउने बन्दीपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ। त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ। गाउँपालिकाले कोभिड–१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, भाैतिक दूरी कायम गर्न आग्रह गरेको छ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया