NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देशभर बदली, वर्षाकाे सम्भावना

शुक्रबार देशभर बदली रहेकाे छ। जसकारण तराई र पहाडी भूभागका केही स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ। शुक्रबार बिहान लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ। दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार राति तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। शनिबार दिउँसाे प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभाग क्षणिक वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष