NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपाललाई काेभिड खोप बेच्‍न चार कम्पनीको प्रस्ताव, सरकार अनिर्णीत

कोभिड–१९ काे खोप नेपाललाई बिक्री गर्न चार कम्पनीको प्रस्ताव परे पनि सरकारले भने निर्णय गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न चाहने चारवटा कम्पनीका प्रस्ताव थन्किएर बसेको छ । ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको छ,’ स्रोतले भन्यो, ‘निर्णय भने भएको छैन ।’ स्रोतका अनुसार भारत बायोटेक कम्पनीले उत्पादन गर्ने कोभ्याक्सिन, चीनको सरकारी कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेडले उत्पादन गर्ने सिनोभ्याक्स, रुसको गमालिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप नेपाललाई बिक्री गर्ने गरी यहाँका एजेन्ट कम्पनीहरूमार्फत प्रस्ताव पेस भएको हो । चिनियाँ खोपको स्थानीय एजेन्ट कोही पनि छैन । नेपालस्थित चिनियाँ दूतावासले समन्वय गरिदिएको छ । ‘हालसम्म रुसको खोप खरिदका लागि वार्ताहरू अलि बढी भएको बुझिएको छ, खासगरी मन्त्री त्रिपाठी यो खोप खरिदमा लागिपरेका छन्,’ स्रोतले भन्यो, ‘कुरा मिल्यो भने सरकार–सरकारबीच सम्झौताअनुसार यो खोप खरिद हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ। रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष