NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओ बिक्री आजदेखि, यस्तो छ कम्पनीको अवस्था

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज वैशाख १७ गतेदेखि सर्वसाधारणहरुको लागि साधारण सेयर ( आईपिओ) निष्कासन तथा विक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि प्रति सेयर एक सय रुपैयामा २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर विक्री खुल्ला गरेको हो । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । तर त्यसमा ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको कित्ता सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।कम्पनीको आइपिओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिमा सबै सेयर विक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । कम्पनीको पूँजीगत अवस्था कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड छ । कम्पनीको जारी पूँजी ८३ करोड ९४ लाख १० हजार छ । कम्पनीको चुक्ता पूँजी हाल ५८ करोड ७५ लाख ८७ हजार रहेको छ । कम्पनिले जारी गरेको साधारण शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात यस कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । आईपिओ निष्काशन पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर संरचना ७०ः३० हुने छ ।आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । कम्पनीलाई आईपीओ बिक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करीब ४ वर्षमा आईपीओ बिक्रीको अनुमति पाएर सेयर बिक्री गर्न लागेको हो ।कम्पनीद्वारा प्रबद्र्धित सांगे जलविद्युत् आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् ।उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनी अवधारणाक्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६ साल मंसिर १५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् । जलविद्युत क्षेत्रको विकास, विस्तार र प्रबर्धन गर्नका लागि जलविद्युत उत्पादन तथा वितरण गर्ने मुख्य उद्देश्यले स्थापित यस कम्पनीद्घारा प्रबर्धित आयोजनाहरु (१८३ मेगावाटको साङ्गे जलविद्युत आयोजना र ४.४ मेगावाटको राधि जलविद्युत आयोजना) निर्माण भएर विद्युत उत्पादन गरिरहेका र (११मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना) निर्माणाधिन रहेका छन् । यस कम्पनीले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना प्रबद्र्धन तथा लगानी गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष