NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वरानी कोमलको उपचार प्लाज्मा थेरापीबाट

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचा सुरु गरिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पताल स्रोतले जानाएको छ । भारतको कुम्भमेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन् । अवस्था गम्भीर बनेपछि उनलाई आईसीयूमा राखेर अक्सिजन दिइएको थियो । अस्पतालका अनुसार प्रतिमिनेट १० किलो अस्किजन दिनुपरेको थियो । आज पनि अस्पतालले कोमललाई ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको छ । सँगै संक्रमित बनेका पूर्व राजा ज्ञानेन्द्रको अवस्था भने स्थिर रहेको छ । तर, उनलाई पनि अक्सिजनको सपोर्ट दिइएको अस्पताल स्रोतले जनाएको छ । यस्तै, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजना गत शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष