NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डा. बाबुराम भट्टराई वीर अस्पतालमा, आजै ट्युमरको शल्यक्रिया हुँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। काठमाडौंस्थित वीर अस्पतालमा आज भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन् । शल्यक्रियाका लागि केहीबेरअघि भट्टराईलाई शल्यक्रिया कक्षमा लगिएको छ । भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए । त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो । शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो । यसैबीच भट्टराईले केही साता आफू सार्वजनिक जीवनबाट टाढा रहने बताएका छन् । ट्वीटरमा आफ्नो अवस्थाबारे जानकारी दिँदै भट्टराईले भनेका छन्, ‘पेटको न्युरो–इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्य लाभ हुने नै छ, केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ–कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’

ताजा अपडेट

नेपालवाच विशेष