NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

माओवादीका कर्णाली प्रदेश सांसदको आधा महिनाको तलब विपद् कोषमा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको तलब कोरोना महामारी विरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको बिहीबार बसेको बैठकले आफ्ना प्रदेशसभा सदस्यहरुको आधा महिनाको तलबलाई प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । बैठकले कोरोना भाइरसविरुद्धका प्रतिकार्यलाई सशक्त बनाउन आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सरकारमातहतका निकायहरु, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा अनुगमन गर्ने पनि निर्णय गरेको छ । बैठकका निर्णयहरु :

ताजा अपडेट

नेपालवाच विशेष