NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कर्णालीमा माओवादीका सांसदको आधा महिनाको तलब विपद कोषमा

सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको तलब कोरोना महामारी विरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद कोषमा जम्मा गर्ने भएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको बैठकले आफ्ना प्रदेशसभा सदस्यहरुको आधा महिनाको तलबलाई प्रदेश विपद कोषमा जम्मा गर्ने निर्णय गरेको दलकी प्रमुख सचेतक सिता नेपालीले जानकारी दिइन् । साथै कोरोनाभाईरसको विरुद्धका प्रतिकार्यलाई शसक्त बनाउन आफनो निर्वाचन क्षेत्रका प्रदेश सरकार माताहतका निकायहरु, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक संघसंस्थाहरुसंग आवश्यक समन्वय तथा अनुगमन गर्ने पनि निर्णय गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष