NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । विगत ५ दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्याबाट ग्रसित ८१ वर्षीय कुशवाहको आज बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो कोरोना सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्षण देखिए पनि पीसीआर परीक्षण भने नगरिएको परिवारिक स्रोतले जनाएको छ । कुशवाहको शव अन्तिम संस्कार गर्नुअघि कालिकामाई–२ भेडिहारीस्थित अर्को घरमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए । चार दशकदेखि राजनीतिमा सक्रिय कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । कुशवाहका तीन छोरा र पाँच छोरी छन् । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष