NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

औषधिमा बढी मुल्य असुल्नेमाथि निगरानी बढाउँदै विभाग

काठमाडौं । कोरोना माहामारीको मौका छोपेर विभिन्न औषधिको मुल्य बढाउने व्यावसायीमाथि औषधि व्यवस्था विभागले निगरानी बढाएको छ । विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको मुल्य बढाएर बेचेका पाइएमा कारबाही गर्ने बताएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सोमबार सूचना जारी गर्दै सो औषधि बढी मुल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताएका हुन् । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर अधिकतम खुद्रा मुल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताए । विभागले अधिकतम खुद्रा मुल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न/नगराउन तथा तोकेको खुद्रा मुल्यभन्दा बढीमा खरिद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेको अवस्थामा रेम्डिसिभिरलाई बढी मुल्यमा बेच्ने गरेको पाइएपछि विभागले सूचना जारी गर्दै सम्बन्धित सबैलाई सचेत गराएको हो । रेम्डिसिभिरको एक मात्राका लागि करिब पाँच हजार रुपैयाँ पर्छ ।