NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

काेराेनाकाे चेन ताेड्न डोटीमा १० दिने निषेधाज्ञा

काेराेना भाइरसकाे चेन ताेड्न डाेटीमा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। सोमबार मध्यरातिदेखि लागू भएकाे निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालनमा रोक लगाइएको छ। त्यसैगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मका लागि खाद्य सामग्रीका पसलहरु खोल्न पाउने बताइएको छ। सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुले भिडभाड नहुने गरी अत्यावश्यक सेवा बाहेक अन्य सेवा निषेधाज्ञा अवधिभर स्थगित गर्न भनिएको छ। सो अवधिभर सभा, सम्मेलन, जात्रा, महोत्सब लगायतका भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष