NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीलाई विश्वासको मत लिनबाट राेक्ने कांग्रेसकाे निर्णय

काठमाडौं । कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओलीलाई संसदमा विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । सभापति शेरबहाुदर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय गरेको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । उनले भने, ‘ओलीले विश्वासकोम त लिने भनेपछि हामीले के गर्ने भन्ने विषयमा छलफल गरेका हौं । आजको बैठबाट ओलीलाइए जसरी पनि विश्वासको मत लिनबाट रोक्ने भन्ने निर्णय भएको छ ।’ नेता महतले ओली सरकारलाई हटाउनका लागि अन्य दलहरुसँग पनि छलफल तिव्रताका साथ अघि बढाउने निर्णय भएको बताए । यस्तै पार्टीको महाधिवेशन सम्बन्धमा पनि आज महत्वपूर्ण छलफल भएको छ । छलफलले यसअघि निर्धारित गरिएको समयमै पार्टीको महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । ‘महाधिवेशन तोकिएकै समयमा हुन्छ । त्यसका लागि तिव्रताका साथ तयारी थाल्ने आजको बैठकले निर्णय गरेको छ,’ उनले भने ।