NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काेराेना संक्रमणदर ४७.०३ प्रतिशत, हालसम्मकै सर्वाधिक मृत्यु

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२.९९ र ४३.३६ प्रतिशत थियो । मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका र तराई जिल्लाका छन् । सातायता मात्रै कोभिडले मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ । ‘सक्रिय उमेर समूहका संक्रमितको मृत्यु बढी भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।’ कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष