NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रधानमन्त्री ओलीसहित बालुवाटारका सयभन्दा बढीको स्वाब संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्यकर्मीको टोलीले आज प्रधानमन्त्री ओलीको स्वाबको नमुना लिएको हो । त्यस क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाब संकलन गरिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले ट्विटमार्फत जनाएका हुन् । यसअघि बिहीबार मात्रै संघीय संसद्का ४ जना सांसदहरुमा कोरोना पोजिटिभ देखिएको थियो । प्रमका प्रेस संयोजक थापाको ट्विट : https://twitter.com/ThapajiSurya/status/1390583978223013888?s=20