NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

काठमाडौं । तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने तीन जना टिकट काउन्टरका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग तीन गुणा बढी भाडा लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन जना काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेल रहेका छन् । उनीहरुलाई कोटेश्वर र गौशालाबाट प्रहरीले पक्राउ गरेको हो । अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको हो । उक्त सूचना पाएपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए ।