NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले अध्यक्षहरुको संयुक्त अपील

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको एकता जोगाउन गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी नेतृत्वलाई संयुक्त रुपमा अपील गरेका छन् । शुक्रबार संयुक्त अपील जारी गर्दै उनीहरुले पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ । उनीहरुले छलफलका माध्यमबाट समस्या समाधान गर्दै पार्टी एकता जोगाउन आग्रह गरेका छन् । उनीहरुले एकै ठाउँ बस्नुको विकल्प नभएको पनि बताएका छन् । लमजुङका अध्यक्ष धनञ्जय, कास्कीका कृष्णबहादुर थापा, तनहुँका केदार सिग्देल, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका अध्यक्ष रोसन गाहाले वक्तव्यमा हस्ताक्षर गरेका छन् । माओवादीबाट आएका स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद शर्माबाहेक बाँकी अध्यक्षहरु २ जेठ २०७५ अगाडिको एमाले जिल्ला अधिवेशनबाट निर्वाचित हुन् ।