NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले विभाजन गर्न खनाल–नेपाललाई गाली गरिरहेका छन् : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजन गर्न खोजिएको आरोप लगाएका छन् । समाजिक सञ्जालमा आफ्नो विचार राख्दै नेता भुसालले तत्कालीन नेकपा विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरुले नै अहिले एमाले विभाजन गर्न खनाल र नेपाललाई गाली गरिरहेकोबताएका छन् । उनले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिदैछ ।’ उनले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटनको प्रयास भएको भुसालको भनाइ छ । उनले अघि भनेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावी खण्डन हुँदैन ।’ उनले विद्रोहले क्रान्तिलाई योगदान गर्छ भन्ने प्रष्ट नभए पनि आत्मसमर्पण नगर्ने उनले चेतावनी पनि दिएका छन् । आत्मसमर्पणलाई भुसालले क्रान्तिप्रतिको गद्दारी भनेका छन् । भुसालले भनेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’