NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बुधबार १३८ जनाको मृत्यु, ९३०५ संक्रमित थपिए

काठमाडौं । बुधबार नेपालामा ९ हजार ३ सय ५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा एकसय ३८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ । यस्तै हालससम्म सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा चार हजार चारसय ४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा तीन लाख १६ हजार ४६८ जना संक्रमण मुक्त भएका छन् । निकाे हुने दर कूल संक्रमितको ७४.९ प्रतिशत हो ।