NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायल र प्यालेस्टाइनलाई शान्तिपूर्ण समाधान खोज्न नेपालको आग्रह

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धलाई शान्तिपूर्ण रुपबाट समाधान गर्न ती मुलुकहरुलाई नेपालले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले दुई मुलुकबीच जारी तनावप्रति चासो व्यक्त गर्दै थप क्षति हुन नदिन दुवै पक्षलाई संयमता र लचकता अपनाउन आग्रह गरेको छ । बुधबार ट्वीटमार्फत मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो । तेलअभिभस्थित नेपाली नियोगले पनि इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित हुन सुझाव दिएको छ । जेरुसेलमस्थित अक्सा मस्जिदमा आफूहरुलाई प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनहरु आक्रोशित छन् । सोमबारदेखि गाजा क्षेत्रमा दुबै पक्षले रकेट हानहान गरिरहेका छन् । दर्जनौंले ज्यान गुमाएका छन् भने राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय निकायले शान्ति स्थापना गर्न आग्रह गरेका छन् । तर, दुवै पक्षबीच तनाव मत्थर हुने संकेत देखिएको छैन ।