NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चन्द्रागिरि नगरपालिका एक सातका लागि सिल

काठमाडौ । कोभिड संक्रमण तिब्र बनेसँगै काठमाडौको चन्द्रागिरि नगरपालिका सिल भएको छ । सुरक्षा निकाय, चिकित्सक र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधीको बैठकले शुरुमा एक साताका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा घर बाहिर हिडडुल गर्न पुर्ण रुपमा रोक लगाएको छ । औषधि पसल, स्वास्थ्य ससंस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सबै खाले पसल बन्द गरिनेछ । यस्तै सिल गरेको अवधिभर नगरपालिकाको वडा कार्यालय, नगरपालिकाबाट संचालन योजना, सरकारी, गैरसरकारी, बैंक, वित्तिय संस्थाहरु, निजी क्षेत्रका सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा बन्द गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ । उक्त अवधिमा कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौले जारी गरेको आदेश भने कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।