NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

भाउजुकाे हत्या आराेपमा देवर पक्राउ

विराटनगरमा हत्या आराेपमा एक जना पक्राउ परेका छन्। भाउजु नाता पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ का १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको हाे। रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मंगलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए। अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रासस