NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

गोकुल बास्कोटा भन्छन् : हेटौडामा बादल मात्र लागेको छैन, पानीले स्वागत पनि गरिरहेको छ

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै हेटौडामा बादल मात्र नलागी मौसम राम्रो रहेको बताएका छन् । सामाजिक संजालमा लेख्दै बास्कोटाले हेटौडामा भएको मतदानबारे जानकारी दिंदै बादल लागे पनि पानीले स्वागत गरेको र मौसम राम्रो भएको बताएका हुन् । ‘हेटौडमा बादल मात्र लागेको छैन पानीले स्वगत पनि गरिरहेको छ। मौसम राम्रो छ।’ बास्कोटाले फेसबुकमा लेखेका छन् । राष्ट्रिय सभा सदस्यका भएको निर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र अन्य गठबन्धनबाट डा. खिमलाल देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमाले उम्मेदवार भए पनि बादललाई एमालेको माधव नेपाल पक्षले भोट नहाल्ने अडान लिएको छ । य स्तोमा कांग्रस, माओवादी र एमालेको नेपाल पक्षका साझा उम्मेदवार देवकोटाले जित्न सक्ने चर्चा हुँदा बास्कोटालेका यस्तो टिप्पणी आएको हो ।