NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

कोरोनाले सिकिस्त प्राधानाध्यापकको हेलिकप्टरबाट उद्धार

मुगु । जिल्लाका एकजना संक्रमित प्रधानाध्यापकको स्वास्थ्य स्थितिमा सुधार नआएपछि होलिकोप्टरमा काठमाडौं लगिएको छ । जिल्लाको कर्णाली माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका गोरखाका शिक्षक गोन्दि ढकाललाई आज बिहान मुगु सदरमुकाम गमगढीबाट हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो । कोरोना संक्रमण पुष्टि भई जिल्ला अस्पतल मुगुमा उपचार गराइरहेका शिक्षक ढकालको श्वशाप्रश्वाशमा समस्या आएपछि उनका परिवारको आग्रहमा काडमाडौं लगिएको जनस्वास्थ्य कार्यालय मुगुका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । ‘घर छोडेर अध्यापन कार्यका लागि मुगु आएका शिक्षक ढकालका आफन्तले ठूलो चिन्ता गरेपछि हामीले रेफर गरेका हौं’ सूचना अधिकारी नेपालीले भने, ‘संक्रमित ढकालको श्वाशप्रश्वाशमा समेत केही समस्या आएको थियो ।’ संक्रमित शिक्षक ढकालको स्वास्थ्यमा क्रमिक सुधार आए पनि उनका परिवारको आग्रहमा जिल्ला अस्पताल मुगुले हेलिकोप्टर चार्टर गरेर काठमाडौंको ह्याम्स हस्पिटलमा रेफर गरेको सूचना अधिकारी नेपालीले बताए । अक्सिजन दिएर राखिएका शिक्षक ढकालले आफूलाई संक्रमण पुष्टि भएदेखि नैं आप्mना घरका परिवार अत्तिएपछि व्यक्तिगत खर्चमा हेलिकोप्टर रिर्जभ गरेर काठमाडौं जानु परेको बताए । ‘मलाई जिल्ला अस्पताल मुगुमै सुरधार भैरहेको थियो । ‘घरबाट परिवार सबैले आत्तिएर फोन गर्ने, रुनेकराउने गरेपछि बाध्य भएर काठमाडौं जानु परेको हो’ संक्रमित ढकालले सुनाए । उनले अध्यापन गराउने कर्णाली माध्यमिक विद्यालयमै आइतबार कोरोना संक्रमण पुष्टि भएका ढकालको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार जिल्ला अस्पताल मुगुमा रेफर गरिएको थियो हिमाली जिल्ला मुगुमा अहिले १ सय ५२ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।