NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माधव नेपालले बादल हराएपछि एमालेवृत्तमा आक्रोश

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका माधव नेपाल निर्णायक बनेपछि एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । अध्यक्ष केपी ओलीको कारवाही गर्ने चेतावनीकाबीच नेपाल पक्षले भोट दिंदा डा. खिमलाल देवकोटा विजयी भएका छन् । माओवादीबाट आएका बादललाई जिताउने विषयलाई अध्यक्ष ओलीले प्रतिष्ठाको विषय बनाएका थिए । तर, एमाले विवाद मिलाउने प्रयत्न जारी भएको बेलामा नेपालले यसपटक खुलेरै देवकोटालाई जिताएका छन् । विवाद मिलाउने कार्यदल बनेको एमालेमा यो नतिजाले झन् आक्रोश र अन्यौल बढाएको छ । निर्वाचन नहुँदैदेखि नेपाललाई बादललाई सहयोग गर्नुपर्ने गरी दबाब बढेको थियो । तर, नेपालले देवकोटाकै पक्षमा अडान लिंदा बादल पराजित हुन पुगेपछि ओली निकट पक्षमा आक्रोश बढेको छ । नेपाल पक्षले भोट क्रस गरेर देवकोटालाई मत दिएको सूचना आएको भन्दै बैठक नसकिंदै एमाले स्थायी कमिटी बैठकले आपत्ति जनाएको थियो । नतिजापूर्व नै एमालेले आक्रोश जनाएको केहीबेरमा बादल पराजित भएको नतिजा आएको थियो । नतिजापछि केन्द्रीय नेतादेखि कार्यकर्तासम्म नेता नेपालप्रति आक्रोशित भएका छन् । कसले भने ? दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।— Gokul Prasad Baskota (@GokulPBaskota) May 20, 2021