NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति असन्तुष्टि जनाउँदै थापाले राष्ट्रपतिले दिएको समयअगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि विपक्षी दलहरुसमक्ष माग गरेका छन् । ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं,’ पूर्वमन्त्री तथा कांग्रेससमेत रहेका थापाले बिहीबार राति सामाजिक सञ्जालमा विचार राखेका छन् । बिहीबार सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेसम्म सरकार गठनको समय दिएपछि प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुनः संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्न खोजेको विपक्षी दलहरुको आशंका छ ।