NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओलीले बाेलाए एमालेको स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा गए राति आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेका छन् । यस्तै, आजको बैठकमा शुक्रबार शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने २६ सांसदका विषयामा पनि छलफल हुनेछ । स्रोतका अनुसार अध्यक्ष ओलीले उनीहरुमाथि दलीय अनुशासन र मर्यादा नाघेको भन्दै कारबाही गर्ने तयारी गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष