NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गगन थापाको समन्वयमा तयार भएकाे कोभिडको निशुल्क उपचार गर्ने आइसोलेसन सेन्टर यस्तो छ [भिडियाेसहित]

काठमाडौं । कांग्रेस नेता गगन थापाको समन्वयमा काठमाडौंमाको रातोपुलमा कोरोना संक्रमितलाई निशुल्क उपचार गर्ने आइसोलेसन सेन्टर सुरु भएको छ । आइसोलेसनमा सामान्य लक्षण देखिएको संक्रमितलाई निशुल्क उपचार दिनका लागि चाहिने उपकरणहरु र जनशक्तिको व्यवस्था गरिएको थापाले सामाजिक संजालमार्फत जनाएका छन् । आइसोलेसन सेन्टर काठमाडौं क्षेत्र नम्बर ४ को समन्वयमा भएको र यसमा CHEMSAN,Crystal Diagnostic, क्षमादेवी ग्रुप, Karmakagyu Ex- Sangha Association -2020 सहितकाे समन्वय रहेकाे थापाकाे भनाइ छ । ‘सांसदकाे कार्यालय काठमाडौं क्षेत्र नं.४ को समन्वयमा कामनपा वडा नं.३० को नेतृत्वमा, CHEMSAN ,Crystal Diagnostic , क्षमादेवी ग्रुप, Karmakagyu Ex- Sangha Association -2020, लगायत संस्थाको साझेदारीमा सामान्य लक्षण भएका संक्रमितलाई निशुल्क उपचार दिनका लागि चाहिने पूर्वाधार,उपकरण,जनशक्ति सहित रातोपुलमा आइसोलेसन सेन्टर सुचारु गरेका छौं । यस अभियानमा जाेडिने सम्पूर्ण सहयोगीलाई धन्यवाद!सम्पर्क:9818296414’ थापाले भनेका छन् ।