चक्रवातका कारण मुलुकमा भारी वर्षा र हिमपातकाे सम्भावना, शनिबारसम्म माैसम प्रतिकूल
बंगलाकाे खाडीमा विकसित भएकाे यास नामक सामुन्द्रिक आँधी (यास) का कारण नेपालमा वर्षा भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार यासकाे असर शनिबारसम्म रहनेछ, जसका कारण वर्षासँगै हिमतपातकाे सम्भावना छ। ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ। दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा केही स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ मा एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार बिहीबार प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा पनि पानी पर्नेछ। शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमालीर उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ। शनिनबार प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरुमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया