NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बुद्ध जन्मेकामा गर्व गर्ने, ज्ञानलाई दुत्कार्ने ?

नेपालीहरुले छात्ती फुलाएरै गर्व गर्ने एउटा विषय हो – बुद्ध नेपालमा जन्मिएका हुन् । केही वर्षअघि बुद्ध नेपालमा जन्मिएको दलिल ‘गिनिज बूक अफ वल्र्ड रेकर्ड’ मा पेस गर्न काठमाडौंको टुँडिखेलमा हजारौंको भिडभाडयुक्त प्रदर्शन नै गरियो । ‘बुद्ध वाज वर्न इन नेपाल’ का अभियानहरु सदावहारजसो चलिरहेकै देखिन्छन् । बुद्ध नेपालमा जन्मिएको विषयलाई नेपालले अन्तर्राष्ट्रिय रुपमा पनि गर्वको रुपमा प्रस्तुत गर्दै आएको छ । द्वन्द्व भोगेको, त्यसको उपयुक्त व्यवस्थापन नभएको र अनेकखाले विभेदहरु रहेको नेपालमा सामाजिक तथा राजनीतिक संघर्षहरु जारी छन् । यिनै संघर्षलाई देखाएर ‘बुद्धको देशमा शान्तिको खोजी’ जस्ता नारा पनि उसैगरी लागिरहन्छन् । हामी कहिले हामी बुद्ध नेपालमा जन्मिनुमाथि गर्व गर्छौं त कहिले बुद्धका मुर्ति थपेर आत्मरतिमा रमाउँछौं । के बुद्ध जन्मेका कारण वा कुनै बुद्ध आएर तिनले हाम्रा दुःख निवारण गरिदिने हुन ? खासमा बुद्धको खोजी र उनीमाथि हाम्रा दावी बुद्धकै आँखाबाट हेर्दा फगत मिथ्या हुन् । वास्तवमा बुद्ध को हुन्, उनको ज्ञान के हो, हामीले गर्व गर्नुपर्ने उनी नेपालमा जन्मिएकोमा हो कि उनको ज्ञानमाथि हो, बुद्ध जन्मिएको देशले उनका ज्ञानलाई कति आत्मसात गरेको छ ? यावत् सवालमा भने अक्सर आम चासो देखिन्न । आफ्नो कालमा देखेभोगेका दुःखले कलिलो मस्तिष्कमा बेचैनी सिर्जना गरेपछि शाक्यमुनि सिद्धार्थ गौतम यसको कारण र मुक्तिको बाटो खोज्न हिँडेका थिए, साढे २५ सय वर्षअघि । ००० मानिसबीचका असमानता, असहिष्णुता र द्धन्द्ध हाम्रो समयको सबैभन्दा ठूला चुनौति हुन् । यो भुगोल, जात र बर्गमामात्र सीमित छैन । व्यक्ति–व्यक्तिबीच नै टकराव छ । द्धन्द्ध निरुपण अन्तर्राष्ट्रिय मुद्दा नै बनेको छ । यो मुद्दा आजकामात्र पनि होइनन् । मानव इतिहास नै यस्तै द्धन्द्धबाट गुज्रिदै आएको हो । अस्तित्व रक्षाका लागि प्रकृतिसँगको संघर्ष, समुदायस्तरका द्धन्द्ध, स्रोत र शक्तिका लागि अथाह लडाईंले मानव इतिहास भरिएको छ । अहिलेको द्धन्द्ध त्यसैको विस्तारित र परिष्कृत रुप हो भन्न सकिन्छ । आफ्नो कालमा देखेभोगेका दुःखले कलिलो मस्तिष्कमा बेचैनी सिर्जना गरेपछि शाक्यमुनि सिद्धार्थ गौतम यसको कारण र मुक्तिको बाटो खोज्न हिँडेका थिए, साढे २५ सय वर्षअघि । जन्म–मृत्युको अनवरत चक्र, रोगव्याधी, विभेद, हिंसा, मानिसमानिसबीचकै आपसी कलहले पैदा गरेका दुःखबाट घोर विक्षिप्त भएका उनी त्यसको कारण र मुक्त हुने उपायको विषयमा अन्वेषणमा लागे । आजभन्दा साढे २५ सय वर्षअघि अर्थात ५६३ मा वैशाख पूर्णिमाका दिन सम्पूर्ण राजकीय सुखसुविधा र विलासिता छाडेर ज्ञानको खोजीमा उनले गृहत्याग गरेका थिए । उनले गृह त्याग गर्नुका बाध्यकारी कारणका बारेमा कहींकतै फरक व्याख्या पनि सुनिन्छ । भलै जन्म र मृत्युको चक्र, रोगव्याध, हिंसा लगायतका विषयमा उनी चिन्तित भएको विषयमा भने अक्सर एकमत नै पाइन्छ । करिब सात वर्षको लामो अभ्यास र कठोर साधनापछि अन्ततः उनी खोजेको ज्ञान प्राप्तिमा सफल भए । दुःखको कारण र मुक्तिबारे उनलाई बोध भयो । यही बोधलाई उनले प्रचार गर्दै हिँडे ।संसारमा दुःख छदुःखको कारण छदुःख निवारण गर्न सकिन्छदुःख निवारणको विधि छ । दुःखका सन्दर्भमा बुद्धले प्रतिपादित गरेका सबैभन्दा प्रारम्भिक र आधारभूत सिद्धान्त हुन् यी । जसलाई आर्यसत्य पनि भनिन्छ ।आजको मानिस चारैतिरबाट दुःखको जञ्जिरले बाँधिएको छ । विभिन्न सामाजिक, आर्थिक, राजनैतिक परिबन्धहरुले मानिसहरुमा हरतरहका दुःख निम्त्याइरहेको छ । पीडा, छटपटाहट, तनाव, वेचैनीलाई मानिस दबाएर हिँडेको छ । प्राणी हत्या, चोरीजबर्जस्ती, अवाञ्छित यौन गतिविधि, झुट, नशायुक्त लागूपदार्थ सेवनलाई वर्जित छ । यसलाई पञ्चशील पनि भनिन्छ । यसरी बुद्धिज्मले मानवमात्र होइन, समस्त प्राणीजगतसम्मको अस्तित्व रक्षाको सवाल उठाएको छ । खासगरी करुणा र शान्तिलाई बुद्ध दर्शनले बलियोगरी उठाएको छ । तर, आफैंभित्रका अनेक दुःखहरुको स्वीकार गर्न मानिस तयार छैन । कुनै पनि समस्या समाधानको पहिलो चरण त्यसको स्वीकारोक्ती हुन्छ । त्यसैले दुःखको स्वीकारोक्तीलाई बुद्धिज्ममा पहिलो आर्यसत्य मानिएको छ । त्यस्तै, दुःखको कारण पहिल्याउने कुरालाई दोस्रो आर्यसत्यका रुपमा आत्मसात गरिएको छ । दुःखको समाधान हुने कुरालाई अंगीकार गर्नुलाई तेस्रो र दुःख निवारणका लागि प्रयत्नशिल हुनु वा विधि पहिल्याउनुलाई अन्तिम आर्यसत्यका रुपमा स्वीकार गरिएको छ । राजकीय सुखसयल र मोजमस्तीमा रमाइरहेका सिद्धार्थ गौतमलाई केही कुराको कमी थिएन । तर, यो बाह्य भौतिक सुख र भोगविलासमा उनी रम्न सकेका थिएनन् । बरु छटफटाहट र बेचैनी बढ्दै गयो । खास के गरे खुसी मिल्छ त ? यसैक्रममा दुःख निवारण र खुसीका विधि खोज्न प्रयत्नशील भए । र, अन्ततः दुःख निरोधका तरिका पहिल्याउन सफल भए । त्यसैलाई बुद्ध दर्शनमा आर्य अष्टांगिक मार्ग भनिन्छ । सम्यक (सही) दृष्टि, सम्यक संकल्प, सम्यक वाक (वचन), सम्यक कर्मान्त (कर्म), सम्यक आजीविका (जिविका), सम्यक व्यायम (प्रयत्न), सम्यक स्मृति र सम्यक समाधि अष्टांगिक मार्ग हुन् । यिनै चार आर्य सत्य र अष्टांगिक मार्गलाई बुद्ध दर्शनको सार मानिन्छ । बुद्ध दर्शनमा अज्ञानतालाई दुःखको कारण मानिएको छ । अज्ञानताले गाँजेपछि व्यक्तिमा अहंकार, तृष्णा र लोभ जन्माउँछ । व्यक्तिमा यस्ता दोषहरु रहेसम्म व्यक्तिमा खुसी र आनन्द असम्भव हुने मान्यता बुद्धिज्मले अपनाउँछ । प्राणी हत्या, चोरीजबर्जस्ती, अवाञ्छित यौन गतिविधि, झुट, नशायुक्त लागूपदार्थ सेवनलाई वर्जित छ । यसलाई पञ्चशील पनि भनिन्छ । यसरी बुद्धिज्मले मानवमात्र होइन, समस्त प्राणीजगतसम्मको अस्तित्व रक्षाको सवाल उठाएको छ । खासगरी करुणा र शान्तिलाई बुद्ध दर्शनले बलियोगरी उठाएको छ । परम्परागत पाप र धर्मको परिधिबाहिर रहेर विचार, काम, चरित्र र व्यवहारमा शुद्धताको वकालत बुद्धले गरेका थिए । ०००नयाँनयाँ वैज्ञानिक खोज र आविश्कारहरुले मानिसका भौतिक दुःखहरु दूर हुँदैछन् । यन्त्र–उपकरणका सहायताले असम्भव लाग्ने कुराहरु पनि सहज बन्दै गएका छन् । मेडिकल क्षेत्रको अभूतपूर्व क्रान्तिले रोगव्याधीहरु पनि निर्मूल भइरहेका छन्, मानिसको आयु बढ्दो छ ।तर, मानवीय दुःख भने निमिट्यान्न भएका छैनन् । मानिसबीचको द्धन्द्ध बढ्दो छ । संकट गहिरिँदै गएको छ । कोही पनि व्यक्ति चाहेर वा नचाहेर द्धन्द्धको हिस्सा बनिरहेको छ । व्यक्तिव्यक्तिको द्धन्द्धको संक्रमण बृहत्तर रुपमा फैलिरहेको छ ।तर, व्यक्तिलाई कसरी आफू द्धन्द्धको सिकार र कारणसमेत भइरहेको छु भन्ने हेक्का छैन । बुद्ध दर्शनले यहींनिर आफूलाई उभ्याएको छ । बुद्ध दर्शनको सबैभन्दा ठूलो देन भनेको यसले व्यक्तिलाई आफैंप्रति सजग र सचेत हुन सिकाउँछ । कल्पना गरौं, संसारमा हरेक व्यक्ति आफ्नो काम, कर्तव्य, जिम्मेवारी र समग्र जीवनका हर क्षणमा सचेत र सजग रहँदा के हुन्छ ।बुद्ध परम्परामा अभ्यास गरिने विपास्यना ध्यान विधिमा पनि यही सिकाइन्छ । जो पछिल्ला वर्षहरुमा फैलिँदो छ ।०००बुद्धलाई ज्ञानको आलोकमा भन्दा पनि यहाँ जन्मिनुको विषयलाई प्रचारित गरिँदै आएको छ । खासमा बुद्धसँगको हाम्रो सम्बन्ध उनी लुम्बिनीमा जन्मिनु र त्यो भूभाग वर्तमान नेपालमा पर्नुमात्र हो । २९ वर्षमा गृह त्याग गरेर निस्केपछिको ज्ञान प्राप्ति र प्रचारप्रसार उनले नेपालबाहिरै गरे ।बुद्ध आफैं राष्ट्रियता, बर्ग, सम्प्रदायजस्ता मानवीय विभाजनका कुनै पनि सीमारेखालाई स्वीकार नगर्ने व्यक्ति थिए । बुद्ध भनेको नेपालमा जन्मिएका सिद्धार्थ गौतममात्र होइनन् । उनी पनि प्रबोधन (एनलाइटेन्मेन्ट) भएपछिमात्र बुद्ध बनेका हुन् । यसर्थ बुद्ध भनेको कुनै व्यक्तिमात्र होइन, यो एउटा स्थिति हो । जहाँ अन्य जोसुकै पनि पुग्न सक्छ । ज्ञानको उच्च तहमा पुगेर जागृत हुनु हो । यसर्थ, उनले प्रचलित धर्म परम्परा भन्दा फरक ढंगले आफ्ना विचार र अभियानलाई अघि बढाए । बुद्ध तत्कालीन धर्म परम्पराको विरुद्धमा धावा बोल्ने आफ्नो समयका क्रान्तिकारी व्यक्ति थिए । तत्कालीन कठोर हिन्दु परम्पराका विरुद्धमा उनले आफ्नो दर्शन प्रतिपादन गरेका थिए । हिन्दु धर्मशास्त्रको स्थिर र कठोर जडताविरुद्ध उनले हरेक कुरा परिवर्तशील र गतिशिल छ भन्ने निश्कर्ष दिए । त्यतिबेलाको समाज मूलतः दुई धारामा विभक्त थियो, भलै अहिले पनि त्यही कायम छ । एकातिर कठोर धार्मिक बन्धन थियो भने अर्कातिर त्यसको विपरित भोगविलास । बुद्ध यी दुवैलाई अतिवाद ठान्थे । यसकै बीचमा उनले आफ्नो विचारधारा निर्माण गरे । उनी कठोर धार्मिक बन्धन र भोगविलास दुवैको चर्को विरोधी थिए । किनकी यसलाई उनको आफ्नै जीवन अनुभवले गलत सावित गरेको थियो । ज्ञानको खोजीमा उनी तत्कालीन भारतवर्षको कैयौं आश्रम र गुरु चहार्दा पनि ज्ञान प्राप्त नभएपछि आजित भएर एक्लै अघि बढेका थिए । यसर्थ भोग र धार्मिक कठोरताको बीचबाट विचारधारा निर्माण गरेकाले बुद्धिज्मलाई ‘मध्य मार्ग’ पनि भनिन्छ । सबै प्रकारका ईश्वर, कर्मकाण्ड र मुर्ति परम्पराका विरोधी थिए, बुद्ध । त्यसैले बुद्धिज्मलाई अनिश्वरवादी धर्म पनि भनिन्छ । उनले आफ्नो अभियानमा सबै प्रकारका अन्धविश्वास र विभेदलाई त्यागेका थिए । त्यसैले राजकुमारदेखि कपाल काट्ने नाउ, दलित अनि कुचिकारसम्म उनका भिक्षु थिए । हिन्दु धर्मको दबदबा रहेको त्यो समयमा पेलानमा परेको ठूलो हिस्सा बुद्धतिर आकर्षित भएको थियो । ०००बुद्ध भनेको नेपालमा जन्मिएका सिद्धार्थ गौतममात्र होइनन् । उनी पनि प्रबोधन (एनलाइटेन्मेन्ट) भएपछिमात्र बुद्ध बनेका हुन् । यसर्थ बुद्ध भनेको कुनै व्यक्तिमात्र होइन, यो एउटा स्थिति हो । जहाँ अन्य जोसुकै पनि पुग्न सक्छ । ज्ञानको उच्च तहमा पुगेर जागृत हुनु हो । बुद्ध दर्शनका अनुसार हरेक व्यक्ति बुद्ध बन्नका लागि लायक हुन्छ । खाली उसले ज्ञानको उच्च तहमा पुग्न सक्यो कि सकेन भन्ने हो । ज्ञानको त्यो तहमा पुगेकाहरु बुद्ध बन्छन् । अहिले हामीले चिन्ने गरेका बुद्ध लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतम नै हुन् । यी बुद्धभन्दा अघि २७ जना बुद्ध थिए भनिन्छ । भलै यो संख्यामा विवाद छ । कतिपयले ३० जनासम्म बुद्ध भएको दावी पनि गर्नेगरेका छन् । नेपालमा जन्मिएकामा गर्व गर्ने मुलुकमा अहिले बुद्धिज्म अध्ययन र अभ्यास गर्न चाहनेले त्यसको गतिलो सुविधा पाउने अवस्था छैन । न बुद्धिज्मका पर्याप्त अध्ययन सामग्री पाइँदैन । यसर्थ फगत गर्व र प्रचारका हिसाबमामात्र ग्रहण गरिरहँदा बुद्धका दर्शन, विचार र ज्ञानको पाटो ओझेलमा परेको छ । गौतम बुद्धले आफ्नो ज्ञानको विस्तार गरेका कारण उनी प्रचारमा आएका हुन् । फेरि पनि बुद्ध दर्शनको सुरुवात पनि उनैको समयदेखि नै गणना हुन्छ । ज्ञान प्राप्त गरेपछि बुद्ध पनि प्रचार गर्ने कि नगर्ने भन्ने द्धिविधामा थिए । अन्ततः भिक्षुहरुसमेतको सुझावमा उनी प्रचारमा निस्केका थिए । जे भए पनि ज्ञानको प्रचार गरेकाले बुद्ध धर्मको श्रेय उनलाई जाने गरेको छ । ०००गौतम बुद्धको जन्म लुम्बिनीमा भएका र लुम्बिनी वर्तमान नेपालको पश्चिम तराइमा अवस्थित रहेको पुरातात्विक हिसाबले पुष्टि भइसकेको हो ।तर, मुख्य कुरा हामीले बुद्ध दर्शनलाई कति आत्मसात ग¥र्यौं भन्ने हो । आज संसारमा दर्जनौं मुलुकले बुद्ध दर्शनलाई अंगीकार र राष्ट्रिय धर्मकै मान्यता दिएका छन् । संसारका कैयौं विश्वविद्यालयमा बुद्धिज्मको पढाइ हुन्छ । पछिल्लो समय बढ्दै गएको आध्यात्मिक चेतले बुद्ध दर्शनलाई वैज्ञानिक मान्छ । वास्तवमा व्यक्तिगत तवरमा हामी कति समस्याग्रस्त छौं र आफ्नो दुःखका लागि हामी आफैं कति जिम्मेवार हौं भन्ने कुराको गहिरो बोधका लागि बुद्धिज्म उपयोगी दर्शन हो । अझ यसभन्दा पर प्रकृतिसँगको अन्तरसम्बन्ध, प्राणी हित लगायतका विषयमा पनि बुद्धिज्मले गहिरो समझ दिन्छ ।वास्तवमा बुद्धिज्म कुनै धर्मशाष्त्र वा सम्प्रदायको अलावा एउटा विज्ञानका रुपमा पनि बुझ्नु जरुरी छ । बुद्ध आफैं ईश्वर, धर्म, सम्प्रदाय र सबै प्रकारका अतिवादका प्रखर विरोधी थिए । आज जसरी बुद्धका नाममा हजारौं मुर्ति बनेका छन्, अनुयायी छन्, पूजा हुन्छ यी सबैका विरोधी थिए, बुद्ध । तर, आज सबैभन्दा धेरै मुर्ति उनैका छन् । बुद्ध उनी कुनै पनि कुरालाई स्वयंद्धारा पुष्टि गरेपछिमात्र विश्वास गर्न भन्थे । उनी आफैंले भनेका कुरा पनि हुबहु विश्वास नगर्न सुझाउँथे । ज्ञानलाई बौद्धिकताको तहमामात्र सीमित नराखेर त्यसको बोध गर्न र व्यवहारमा उतार्ने कुरामा बुद्ध दर्शनले जोड दिन्छ ।तर, आज उनैका नाममा प्रतिपादित धर्ममा अन्धविश्वास मौलाएको छ । दया, करुणा र मानवमात्र होइन प्राणी हितका पर्याय उनकै धर्म अहिले प्रदूषित भइसकेको छ । नेपालमा जन्मिएकामा गर्व गर्ने मुलुकमा अहिले बुद्धिज्म अध्ययन र अभ्यास गर्न चाहनेले त्यसको गतिलो सुविधा पाउने अवस्था छैन । न बुद्धिज्मका पर्याप्त अध्ययन सामग्री पाइँदैन । यसर्थ फगत गर्व र प्रचारका हिसाबमामात्र ग्रहण गरिरहँदा बुद्धका दर्शन, विचार र ज्ञानको पाटो ओझेलमा परेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष