NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सुदूरपश्चिम एमाले संसदीय दलको बैठक सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसदमध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए । बैठकमा केपी ओली पक्षका पनि तीन सांसद उपस्थित छन् । नेपाल समूहले यसअघि नै भट्टको सरकार जोगाइदिने बताएको छ ।बैठकमा ओली पक्षबाट नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन् । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष