NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जसपा विवाद उत्कर्षमा : औपचारिक विभाजनको संघारमा पुगेकै हो त ?

काठमाडौं । दुई खेमामा देखिएको जनता समाजवादी पार्टीको विवाद मत्थर हुनुको साटो झन् उत्कर्षमा पुगेको छ । जसपाभित्रको पछिल्लो विवादका श्रृंखला हेर्दा औपचारिक रुपमा जसपा विभाजनको संघारमा पुगेको देखिन्छ । अहिले पार्टीभित्र एक खेमाले अर्को खेमालाई स्पटीकरण सोध्ने र कारबाहीको चेतावनी दिने शिलशिला चलेको छ । संसदीय दलको निर्देशन विपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ किन दिएको भन्दै प्रथम अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधका थिए । यता उपेन्द्र यादव पक्षले पनि काउन्टर स्पटीकरण सोधेको छ । केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई किन साथ दिएको ? भन्दै स्पष्टीकरण सोधिएको छ । जसपाका १२ सांसदले संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनलाई साथ दिएका छन् । त्यस्तै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुपस्थित भएको र गुटबन्दीपूर्ण क्रियाकलाप गरेको, छुट्टै कार्यालय सञ्चालन गरेको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु पठाउने कार्य किन गरेको ? भन्दै प्रश्न सोधिएको छ । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई साेधेकाे स्पष्टीकरण पत्र ९ बुँदे स्पष्टीकरणमा पार्टीको आधिकारिक निर्णयवबना सरकारसँग वार्ता गर्न भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता कार्यदलमा पठाइएको पनि आपत्ति जनाइएको छ । विधानमा नभएको व्यवस्थालाई स्वेच्छारी ढंगले पार्टीलाई आफ्नो पकेट बनाउने कार्य किन गरेको भनेर ठाकुरलाई सोधिएको छ । तीन दिनभित्र स्प्ष्टीकरण चित्त बुझ्दो नदिएमा अनुशासनको कारबाही गर्ने चेतावनी समेत उपेन्द्र पक्षले दिएको छ । यता ठाकुर पक्षले पनि सात बुँदे स्पष्टीकरण सोधेको छ । स्पष्टिकरणमा पार्टीमा किन गुटबन्धी गरेको ? लुम्बीनी प्रदेश सांसदलाई किन निकालेको ? पार्टीको विधि पद्धती उल्लंघन गरेको देखि शेरबहादुर देउवाको पक्षमा किन उभिएको भन्ने सम्म प्रश्न गरिएको छ । यस्तै ठाकुरले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनेरसमेत यादवलाई स्पष्टिकरणमा प्रश्न गरेका छन् । यादवमाथि संविधानको धारा ७६–५ अनुसार केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गरेको भनेर पनि सोधिएको छ । महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षालाई साेधेकाे स्पष्टीकरण ठाकुर पक्षले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने उनले पनि चेतावनी दिएका छन् । पछिल्लो केही महिनायता सत्तारुढ एमालेभित्रै मात्र होइन, जसपाविभित्र पनि विवादको श्रृंखला चल्दै आएको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार जसरी पनि ढाल्नेपर्ने पक्षमा छन् भने आफ्ना माग पूरा गरेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो केपी शर्मा ओलीको पक्षमा छन् । पछिल्लो राजनीतिक घटनाक्रमले जसपा पनि औपचारिक फुटकको संघारमा पुगेको विश्लेषकहरु बताउँछन् । पटक–पटक समाधानका लागि वार्ता बसे पनि कुनै निचोड ननिस्केपछि दुवै पक्षले आ–आफ्नो कित्ता क्लियर गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष