NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

संसद् विघटनमा भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’ उनले नेपालको पछिल्लो विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको पनि बताएका छन् । उनले नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम रहेकोमा भारतले विश्वास गरेको पनि उल्लेख गरे ।

ताजा अपडेट

नेपालवाच विशेष