NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सरकार कोभिड रोक्ने भन्दा यसको आडमा राजनीति गर्दैछ : प्रकाश शरण महत

काठमाडौं । कांग्रेसले कोभिड–१९ को महामारी देखाएर सरकारले नागरिकमा आतंक फैलाएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले कोभिडको भरपर्दो उपचार देखाउनुपर्नेमा उल्टै नागरिकमा आतंक फैलाएको निष्कर्ष निकालेको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । ‘कांग्रेसले कोभिड महामारीका विषयमा महत्वपूर्ण छलफल गरेको छ । बढ्दो महामारी नियन्त्रणको लागि यस अघि प्रधानमन्त्रीलाई १५ बुँदै ध्यानाकर्षण पनि बुझाएका थियौं ।’ महतले भने, ‘तर, सरकार कोभिड रोक्ने भन्दा यसको आडमा राजनीति गर्दैछ । जनतालाई आतकिंत बनाउँदै दुई तीन दिनमा किनमेल गर्न भन्दै उर्दी जारी गरिरहेको छ ।’ https://youtu.be/fC_DJt0MRGA

ताजा अपडेट

नेपालवाच विशेष