NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बुद्ध पूर्णिमामा सुनसान स्वयम्भू

काठमाडौं । आज बुधबार २५६५ औ बुद्ध जयन्ती । कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाईदै छ । नेपाल लगायत विश्वभरीका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्धजयन्ती मनाइरहेका छन् । कोरोनाका कारण बुद्ध जन्मस्थल लुम्बिनी पनि यसवर्ष सुनसान छ । सिमित व्यक्तिको उपस्थितिमा लुम्बिनीमा बुद्ध जयन्ती मनाइएको छ । गतवर्ष पनि कोरोनाकै कारण बुद्ध जयन्ती अनौपचारिक रुपमै मनाइएको थियो । यसवर्ष पनि दीप प्रज्वलन गरी मनाइने भएको छ । हजारौं भिक्षुहरु आउने लुम्बिनीमा गतवर्षदेखि कोरोनाका कारण आउन सकेका छैनन् । यस्तै, काठमाडौं उपत्यकामा २६ दिनदेखि निरन्तर निषेधाज्ञा भएकाले स्वयम्भू, बौद्धजस्ता क्षेत्रहरु आज सुनासान देखिए । यसअघिका बुद्धजयन्तीहरुमा बौद्धधर्माबलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भू, कोरोना महामारीका कारण सुनसान बन्यो । बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु महापरिनिर्माण बैशाख शुक्ल पूर्णिमाको दिन भएको मानिन्छ । भिडियाेः https://youtu.be/Pr4evbQIf5w तस्बिरहरूः

ताजा अपडेट

नेपालवाच विशेष